काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थाइल्याण्ड टी–२० स्मास : नेपाली महिला टोलीको शानदार जित, चीन १० विकेटले पराजित

13.34K
shares

थाइल्याण्डमा जारी टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले चीनमाथि शानदार जित दर्ता गराएको छ । नेपालले चीनलाई १० विकेटले हरायो ।

थाइल्याण्ड क्रिकेट एसोसियसनको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा मात्र ४८ रन जोड्न सक्यो । ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । वाङले ८, झाङ यानलिङ र ली हायुइले मात्र सात रन बनाए । नेपालका लागि करुणा भण्डारीले ३ तथा नेरी थापाले २ विकेट लिइन् ।

जवाफमा नेपालले ८ ओभर ४ बलमा लक्ष पूरा गर्यो । ओपनरद्वय सीता रानामगरले २४ र काजल श्रेष्ठले १४ रन बनाइन् ।

उपाधि जित्ने लक्ष्य लिएको नेपाल चीनलाई हराएर सुखद् सुरुवात गरेको मुख्य प्रशिक्षक विनोद दासले बताएका छन् । नेपाली टोलीमा १४ सदस्यीय खेलाडीसहित मुख्य प्रशिक्षक विनोद दास, म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी छन् ।

रुविना क्षेत्री (वेलवासे)को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल तथा वैकल्पिक खेलाडीमा रितुकुमारी कनोजिया, सुमन विष्ट र सब्नम राई छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यान्मार छन् ।

नेपालले दोस्रो खेल पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने छ भने अन्तिम माघ २ गते थाइल्याण्डसँग खेल्नेछ ।