काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सनराइज बैंकले सेयर ब्रोकरसम्बन्धी काम गर्ने

15.39K
shares

सनराइज बैंकको साधारणसभा बैठक आज (आइतबार) बस्दै छ । कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा केहीबेरपछि सुरु हुने साधारणसभामा सहायक कम्पनी खोलेर सेयर ब्रोकरेजसम्बन्धी कार्य गर्ने व्यवस्था राखेर प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पेश हुने छ । यस्तै, आर्थिक वर्ष २०७४–७५ को वितरण योग्य नाफाबाट सेयरधनीलाई ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ । पुस ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त नगद लाभांश पाउने छन् ।

बैंकले ९३ करोड ७५ लाख ४३ हजार रुपैयाँ नगद लाभांशका लागि छुट्याएको छ । साधारण सभामा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको ६३ लाख १८ हजार ६९४ रुपैयाँ अनुमोदन गर्ने पनि प्रस्ताव लैजाने जनाएको छ ।

८ अर्ब १५ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले चालु आवको प्रथम त्रैमासमा ३३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।