ट्रिप्परको ठक्करबाट बालकको मृत्यु
वि.सं.२०७५ पुस २९ आइतवार १९:०९
shares

महोत्तरी जिल्लाको गौशाला-सम्सी सडकखण्डमा आइतबार बिहान ट्रिप्परले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षका छोरा सदाम शेख रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।
बिहान करीब ८ बजे गौशालाबाट सम्सी जाँदै गरेको ना ७ ख ६४२७ नम्बरको ट्रिप्परले सम्सी गाउँपालिका-२ स्थित सडकमा बालक सदाम शेखलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । (रासस)

























