काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मन्त्रीको पिटाई खाएका सचिव अस्पताल भर्ना

11.13K
shares

आइतबार प्रदेश-२ मा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवको पिटाई खाएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् । मन्त्री यादवले झालाई आतबार आफ्नै कार्यकक्षमा बोलाएर पिटेको बताइएको छ ।

मन्त्रीको कुटपिटबाट शरीरमा समस्या देखिएको भन्दै सचिव झा रातिदेखि नै जनकपुरस्थित केयर नर्सिङ होममा भर्ना भएका छन् । मन्त्रीले आफूलाई कार्यकक्षमा बोलाएर पिटेको उनको दावी छ । यद्यपी मन्त्री यादवले भने आफूले सचिवलाई नपिटेको दावी गर्दै आएका छन् । उता प्रदेश सरकारले उक्त घटनाको सम्बन्धमा छानविनका लागि समिति गठन गरेको छ ।

मन्त्रीको पिटाइबाट घाइते भएको भन्दै सचिव नर्सिङ होममा भर्ना भएका हुन् । मन्त्रीको झापड र लाट प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दायाँ हातको हाड भाँचिएको जस्तो पीडा भएको सचिव झा को भनाई छ ।

उनका अनुसार शरीर कमजोर भएको जस्तो अनुभव भएको छ । जसका कारण स्लाइन जारी छ । त्यस्तै हातको एक्से पनि गरेको सचिव झा ले बताए ।

आइतबार आफू अनुकुलको एनजिओलाई कार्यक्रम नपारिदिएको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको सचिव झाले दावी गरेका छन् ।