काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ट्राफिक प्रहरीद्वारा सडकमै चालकको स्वाथ्य परीक्षण

10.56K
shares

दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरी रुपन्देहीले  सडकमै चालकको  स्वाथ्य परीक्षण सुरु गरेको छ ।  प्रहरीले छोटा एवं लामो दुरीका यात्रु तथा मालबहाक सवारी साधन र चालकहरुको स्वाथ्य परीक्षण गरेको हो ।

प्रदेश-५, ट्राफिक  प्रहरी कार्यालय बुटवलले रुपन्देहीको सैनामैनामा पर्ने पूर्व-पश्चिम राजमार्गमा गुड्ने सवारी साधनलाई रोकि सवारी साधनको चेकजाँच गर्नुको साथै चालकको स्वास्थ्य परीक्षण गरेको छ । प्रहरीले आईतबार ३० सवारी साधन र चालकको चेकजाँच एवं स्वास्थ्य परीक्षण गरेको छ । जसमा ३० मध्ये २८ चालक योग्य रहेको र बाँकी २ चालक अयोग्य र ३ सवारी साधनको राम्रो अवस्थामा नभएको प्रहरीले जनाएको छ ।

धेरै जसो चालकहरुमा प्रेसर, सुगर र मापसे गरेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय भैरहवाका प्रहरी निरीक्षक वेद बहादुर पौडेलले सवारी दुर्घटना न्यूनिकरण, सवारी आगवानमा सहजता ल्याउन अभियानको थालनी गरिएको बताए ।