जिल्ला अदालत काठमाडौंका खरिदारविरूद्ध अख्तियारद्वारा मुद्दा दायर
वि.सं.२०७५ पुस ३० सोमवार २०:३१
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौंमा कार्यरत खरिदार विदुर पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग १० हजार घुस लिएको अभियोग लागेको आयोगले जनाएको छ । केही दिनअघि घुस लिँदै गरेको अवस्थामा खरिदार पोखरेललाई पक्राउ गरेर बिगो असुल गरी हदैसम्मको कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । (रासस)

























