काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अपराधीलाई कार्बाही गर्न सञ्चारकर्मीले दबाब दिनुपर्छ : देउवा

10.61K
shares

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधिमाथि कार्बाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियनले सोमबार यहाँ गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले भने, ‘कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई सरकारले लुकाउने काम गरेको छ, दोषीलाई कार्बाही गर्न मिडियाले दबाब दिनुपर्छ ।’

देउवाले आफ्नो नेतृत्वको सरकारले वाइड बडी जहाज खरीद गर्ने निर्णय नगरेको दावी गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नै उपसमिति गठन गरेर वाइड बडी जहाज खरीद प्रक्रिया सुरु गरिएकोमा पुष्पकमल दहाल नेतृत्वको सरकारले जहाज खरीदका लागि जमानत बसेर बोलपत्र आह्वान गरेको जिकिर गरे ।

आफ्नो नाम जोडेर भ्रम फैलाइएको भन्दै दुःख व्यक्त गरेका देउवाले भने, ‘विमान खरीदमा अनियमित गर्ने दोषीमाथि कारवाही गर्नुपर्छ ।’

चिकित्सा शिक्षालाई स्तरीय र युग सुहाउँदो बनाउन प्रा. डा. गोविन्द केसीसँग वार्ता गरेर आफ्नो नेतृत्वको सरकारले विगतमा ऐन ल्याएको देउवाले बताए । उनले अहिलेको सरकारले उक्त ऐन अध्यादेशमार्फत संशोधन गर्न खोजेको प्रति विरोध जनाए । (रासस)