काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चाकु व्यवसायीलाई भ्याइनभ्याइ

19.38K
shares

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका- ४ लामीडाँडाका चाकु व्यापारीलाई हिजोआज चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।

माघेसंक्रान्ति नजिकिँदै गर्दा बजारमा यसको माग बढी हुने भएकाले यतिखेर चाकु व्यवसायी निकै ब्यस्त रहेको देखिन्छ । विगत १५ वर्षदेखि सो व्यवसाय गर्दै आएका पाँचखाल नगरपालिका-४ लामीडाँडाका विष्णुपुकार श्रेष्ठले दैनिक १०० किलोदेखि १५० किलोसम्म चाकु बिक्री भइरहेको बताए ।

‘दिनको यति नै व्यापार हुन्छ भन्ने त हुँदैन तर पनि कामदारको ज्याला कटाएर दुई हजारदेखि दुई हजार ५०० सम्म कमाइ हुन्छ,’ श्रेष्ठले भने, ‘चाकु बनाउनलाई दिनको ५० किलोको दुई/तीन बोरासम्म सख्खर खपत हुन्छ ।’

त्यसका लागि आवश्यकपर्ने कच्चपदार्थ (सख्खर) कृष्णनगरबाट ल्याउने गरेको र एक पटकमा ५०/६० बोरासम्म ल्याउने गरेको उनले बताए । खासै पुस र मागमा बिक्री हुने गरेको चाकु बनाउने काम एक/दुई महीनासम्म चल्ने गरेको उनको भनाइ छ । काम गर्नेलाई दैनिक सात सयका दरले ज्याला दिने गरेको छ । आफ्नो पसलमा चार जनाले काम गरिरहेको श्रेष्ठले बताए ।

अरनिको राजमार्गको छेउमा पसल गरेर चाकु व्यवसाय सञ्चालन गर्दै आउनुभएका श्रेष्ठले बाहिर सडक छेउमा नै यात्रा गर्ने यात्रुलाई बिक्री गर्दै आउकी छिन् । त्यस्तै चाकु खरिद गर्न सिन्धुपाल्चोक, दोलखा र रामेछापको मन्थलीसम्मका व्यापारी पसलमा आउने गरेको उनले बताए ।

अर्का नजिकैको चाकु पसलमा काम गर्दै आएका श्याम तामाङले सानाठूला गरी दैनिक चार हजार पिससम्म बिक्री हुँदै आएको बताए । ‘किलोको हिसाबमा भन्दा पनि हामीले सख्खरलाई घोलेर साना र ठूला साइजमा चाकु बनाएर प्याकिङ गर्ने हो, त्यसरी बनाएका चाकु दैनिक चार हजार पिससम्म बिक्री हुन्छ,’ तामाङले भने, ‘बजारमा मागअनुसार पुर्याउन यतिखेर हम्मेहम्मे हुन्छ ।’ उनका अनुसार यहाँ उत्पादन हुने चाकु काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौंका विभिन्न बजारमा बिक्री हुने गरेको छ ।

पाँच/छ वर्ष अगाडिदेखि काम गर्दै आएका तामाङले दैनिक एक हजार १०० पाउने गरेको बताए । सो पसलमा काम गर्ने अरु पाँच जना कामदारले भने कामअनुसारको दैनिक ७०० देखि ८०० सम्म ज्याला पाउने गरेको बताए । कामदारले दाउरा चिर्ने, घोल्ने, तयार पारिएको चाकुमा पौष्टिक तत्व मिसाएर प्याकिङ गर्ने र बजारमा बिक्री गर्नेलगायतका काम गर्नुपर्छ । पुस-माघको जाडो मौसममा शरीरलाई न्यानो राख्ने र शरीरलाई आवश्यकपर्ने पौष्टिक तत्व प्राप्त हुने भएकाले मानिसले चाकु सेवन गर्ने गर्दछन् । (रासस)