काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बीमा समितिले पुँजी वृद्धिको समय किन थपेन ?

17.07K
shares

बिमा कम्पनीहरुलाई पुँजी वृद्धिका लागि थप गरिएको समय पुस ३० गते नै सकिएको छ । तर, पुनः समय थप गर्ने तयारीमा रहेको भनिएको बीमा समितिले समय थप गरेन । बरु कम्पनीहरुसँग पुँजी वृद्धिको अवस्थाबारे विवरण माग्ने भएको छ ।

पुँजी नपुर्याउनेलाई मर्जरमा जान निर्देशन दिन सक्ने
समितिका अनुसार बिमा कम्पनीले पठाएको विवरण हेरेर पुँजी पुर्याउन नसक्ने देखिएका कम्पनीलाई मर्जरमा जान निर्देशन हुन सक्छ । तर, त्यसअघि पुँजी पुर्याउन लाग्ने समय माग गरिनेछ । ‘पुँजी पुर्याउन नसक्ने अवस्था देखिएमा मर्जरमा जान निर्देशन दिने तयारी छ,’ बीमा समितिका निर्देशक राजुरमण पौडेलले भने ।

समितिले पुँजी वृद्धिका लागि बिमा कम्पनीहरुलाई ६ महिनाको समय थप्नेबारे छलफल गरेको थियो । २१ वटा कम्पनीले बिमा चुक्ता पुँजी पुर्याउन नसक्ने देखिएपछि असार मसान्तसम्म पुँजी बढाउन मिल्ने गरी समय थप्ने तयारी थियो । तर, यसो गर्दा हुने नकारात्मक प्रभाव बढी पर्ने देखिएपछि समिति समथ नथप्ने निष्कर्षमा पुगेको बताइएको छ । ‘बीमा समितिले पटक–पटक समथ थप्दै पछि हट्दा नियामकको भूमिकाप्रति प्रश्न उठ्न सक्छ,’ समिति स्रोतले भन्यो, ‘त्यसैले समय थप्नुको विकल्पतिर लागिएको हो ।’

बिमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्दे्शिका जारी गर्दै बिमा समितिले आर्थिक वर्ष ०७४–७५ को अन्त्यसम्ममा चुक्ता पुँजी बढाउन निर्देशन दिएको थियो । सो अवधिमा निर्जीवन बीमा कम्पनीले १ अर्ब र जीवन बिमा कम्पनीले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने थियो । तर, सो अवधिमा पनि बिमा कम्पनीले पुँजी बढाउन सकेनन् ।

निर्दे्शिकामा उक्त अवधिमा पुँजी बढाउन नसकेमा पहिलो पटकका लागि तीन महिना समय थप्न सकिने व्यवस्था छ । समितिले दुई पटकसम्म समय थप गर्न सक्छ । यसरी समितिले थप गरेको ६ महिनाको समय यही पुसमा सकिएको हो । तर, अहिलेसम्म पाँच वटा कम्पनीले मात्रै समितिले तोकेको चुक्ता पुँजी पुर्याएका छन् भने २१ वटा कम्पनीले अझै तोकेको पुँजी कायम गर्न सकेका छैनन् । अधिकांश निर्जीवन बीमा कम्पनीहरु बोनस सेयरमार्फत पुँजी जुटाउने योजनामा छन् भने केही कम्पनीले पुँजी बढाउन अझै हकप्रद निष्काशन गर्नुपर्छ ।