काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्वभरिकै जीवन परिवर्तन गर्ने २५ गन्तव्यमा नेपाल

18.94K
shares

सन् २०१८ मा करिब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेको र सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने तयारी भइरहेका बेला नेपाल विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यमा परेको छ । बेलायती पत्रिका द टेलिग्राफले सन् २०१९ मा भ्रमण गर्नुपर्ने विश्वभरिकै जीवन परिवर्तन गर्नसक्ने गन्तव्यमा नेपाल छनोट गरेको हो ।

टेलिग्राफको सूचीमा नेपाल नवौं नम्बरमा परेको छ । ‘पहाडी क्षेत्रमा रिक्साका सवारीदेखि ग्रामीण झोलुंगे पुलहरू हुँदै गरिने अन्नपूर्ण पदयात्रा मार्गको यात्रा एक रोमान्चक यात्रा हो, यो पदयात्रा मार्ग नेपाल र संयुक्त राष्ट्र संघीय  विकास कोषद्वारा बनाइएको हो,’ नेपालको वर्णन गर्दै भनिएको छ, ‘स्थानीय गाइड र इको-लजहरू तथा पारिवारिक घर (होमस्टे)बाट आर्जन गरिएको पैसा सीधै समुदायमा जान्छ ।’

हिमाली चुचुराहरू हुँदै जाने यो पदयात्रा मार्गमा लालीगुराँसका जंगल र चराहरूको चिरबिरीबीच रमाइलो यात्रा गर्न पाइने उल्लेख गरिएको छ, जसमा नेपाली घरहरूमा खाना बनाउनेदेखि पस्केर खान पाइने रमाइलो पक्ष पनि भएकाले नेपाल एक जीवन पर्यन्तका अनुभव साटिने गन्तव्यमा परेको हो ।

अन्य गन्तव्यहरूमा दक्षिण अफ्रिका, फ्रान्सदेखि मंगोलिया, चीन, थाइल्यान्ड हुँदै भारतसम्म परेका छन् ।