काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सचिव कुटिएको घटनाको सत्यता सार्वजनिक गर्न कांग्रेसको माग

12.12K
shares

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश-२ का आर्थिक मामिलामन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गरेका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सचिवलाई कुटपिट गर्नु गैरकानुनी कार्य भएको बताए ।

पूर्वमन्त्री जोशीले यस्ता गलत कार्यले लोकतन्त्र र संघीयताको भविष्यमाथि नै प्रश्नचिह्न लगाउने बताउँदै पूर्वमन्त्री जोशीले संविधानले दिएको स्वाभिमानको निश्चितता र सुरक्षाको जिम्मेवारी बहन सबैले गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस धनुषाका सभापति महेशशङ्कर गिरीले प्रदेशका मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको पार्टीले भ्रर्त्सना गर्ने बताउँदै त्यस्ता मन्त्रीलाई तुरुन्त बर्खास्त गर्न माग गरे । (रासस)