काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डिस होमले २२ लाख कित्ता साधारण सेयर जारी गर्ने

19.72K
shares

डिस मिडिया नेटवर्कले सर्वसाधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको पुस २७ गते बसेको साधारण सभाले सञ्चालक समितिको आईपीओ जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

साधारणसभाबाट पारित भएसँगै डिस मिडिया नेटवर्कले २२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने प्रक्रिया औपचारिक रूपमै अगाडि बढेको छ । ‘अब धितोपत्र बोर्डलगायत सम्बन्धित निकायमा जाने प्रक्रिया अघि बढ्छ,’ डिस होमका अध्यक्ष हेमराज ढकालले भने, ‘साधारण सभाले सेयर निष्कासन प्रक्रियामा अघि बढ्न बाटो खोलिसकेको छ ।’

आइएमई ग्रुपको व्यावसायिक रणनीति नै कम्पनीमा पब्लिकको स्वामित्व भएकाले सेयर जारी गर्न लागिएको उनले बताए । ‘कम्पनीप्रति पारदर्शिता बढाउन र सर्वसाधारणलाई अपनत्व महसुस होस् भन्ने हाम्रो मूल उद्देश्य हो,’ उनले भने ।

डिसहोम, डिसहोम प्राइभेट लिमिटेबाट २०७४ असारदेखि लिमिटेडमा परिणत भएको हो । कम्पनीले असारभित्र सर्वसाधारण सेयर जारी गर्ने जनाए पनि प्रक्रियाका लागि केही लम्बिएको जनाएको छ ।

सन् २००९ मा सरकारबाट लाइसेन्स पाएको यो कम्पनीले औपचारिक सुरुवात भने सन् २०१० बाट गरेको हो । डिस होमले स्याटेलाइटका माध्यमबाट आफ्नै एक दर्जन च्यानलसहित करिब दुई सय च्यानलको सेवा यसले दिएको छ । डाइरेक्ट टु होम (डीटीएच) प्रणालीमार्फत यसको सेवा नेपालभर पुगेको छ ।

 

चन्द्रागिरिको पनि १५ लाख कित्ता साधारण सेयर

चन्द्रागिरि केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्सको सोमबार सम्पन्न साधारणसभाले पनि आइपिओ जारी गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । चन्द्रागिरि हिल्सले १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

चन्द्रागिरि हिल्सले चुक्ता पुँजीको १० प्रतिशत अर्थात् १५ करोड रुपैयाँबराबरको साधारण सेयर बिक्री गर्न लागेको हो । कम्पनीको चुक्ता पुँजी डेढ अर्ब रुपैयाँ छ ।

यी दुवै कम्पनीमा व्यवसायी चन्द्र ढकालको लगानी छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल चन्द्रागिरि हिल्सको पनि अध्यक्ष हुन् । डिस होममा भने भाइ हेमराज ढकाल अध्यक्ष छन् ।

नेपालको व्यावसायिक क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको आइएमई ग्रुपको बैंकिङ, बिमा, ई पेमेन्ट, रेमिट्यान्स, अटोमोबाइल्स, हाइड्रो, केबलकारलगायतमा लगानी छ ।