काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डा. केसीको माग कुण्ठित गरिएको छैन : भट्टराई

14.74K
shares

नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले प्रस्तावित चिकित्सा विधेयकमा डा. गोविन्द केसीको मागलाई कुण्ठित नगरिएको बताएका छन् ।

प्रेस चौतरी र प्रेस सेन्टर झापाले बिहीबार बिर्तामोडमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘चिकित्सा विधेयकमा डा. केसीको ९९ प्रतिशत माग सम्बोधन गरिएको छ ।’

‘चिकित्सा विधेयकमा डा. केसीको माग र भावनाको सम्मान गरिएको छ,’ उनले भने, ‘म उहाँलाई हठ त्यागेर अनशन तोड्न आग्रह गर्छु ।’

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसमेत रहेका नेता भट्टराईले डा. केसीसँग सरकारले छलफल र वार्ता गरेर ‘विन-विन’को वातावरण सिर्जना गर्नुपर्ने बताए ।

चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्ने कुरा डा. केसीकै माग भएको बताउँदै उनले चिकित्सा शिक्षा अध्ययनका लागि वार्षिक अर्बौ रुपैयाँ विदेशिएकाले त्यसलाई रोक्न जरुरी रहेको र विधेयक पास भएपछि त्यस्तो अवस्था अन्त्य हुने दावी गरे ।

‘अहिले मापदण्ड नपुगेका मेडिकल कलेज पहुँचको भरमा चलिरहेका छन्, त्यस्तो कलेजको सम्बन्धन खारेज हुन्छ,’ उनले भने, ‘चिकित्सा विधेयक पास भएपछि कुनै दलको नेता भएकै भरमा मेडिकल कलेज चल्दैन ।’

मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पुगेको ३०० सैय्याको अस्पताल तीन वर्ष चलेको हुनुपर्ने प्रावधान चिकित्सा विधेयकमा उल्लेख गरिएको समेत उनले जानकारी दिए ।

नेता भट्टराईले विदेशका मेडिकल कलेजमा कमिसन लिएर विद्यार्थी बेच्ने काम भइरहेको बताउँदै त्यस्ता गिरोहले डा. केसीलाई उचालेको दावी गरे ।

वि.सं. २०४८ मा कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा ल्याएको विकृति वर्तमान सरकारले अन्त्य गर्ने उल्लेख गर्दै उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउँदै व्यवस्थित गर्दै जाने योजनामा सरकार रहेको बताए ।

नेकपा पार्टी एकताको प्रसँगमा नेता भट्टरार्ईले एकताको प्रक्रियाका माघ १० देखि १५ गतेसम्ममा टुङ्गिने बताए । ‘एकता अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘पार्टी एकतापछि फागुन-चैतभित्र देशव्यापी अभियान सञ्चालन गरिन्छ ।’ (रासस)