आधा दर्जन कार्यक्रम भ्याएर काठमाडौं फर्किए मन्त्री पण्डित
वि.सं.२०७५ माघ ४ शुक्रवार २१:४३
shares

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित मन्त्री भएयता गृह जिल्ला तथा निर्वाचन क्षेत्र आइरहेका छन् ।
गृह जिल्ला आउँदा कार्यकर्ताहरूको घरमा बस्न रूचाउँने उनी यस साता पनि विराटनगर आए । आधा दर्जन भन्दा बढी कार्यक्रमहरुमा सहभागि भएर उनी काठमाडौं फर्किएका छन् । पण्डितले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत विराटनगर-४ इक्राहीस्थित जनता आधारभूत विद्यालयका १७५ विद्यार्थीलाई विद्यालय पोसाक तथा स्वेटर वितरण गरे ।
जाडोकै कारण विद्यालय आउने विद्यार्थीको संख्यामा कमी आइरहेको भन्दै पण्डितले स्वेटर र पोसाक वितरण गरेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश-१ का सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।
त्यस्तै पण्डितले बुढीगंगामा अन्तर्राष्ट्रिय महिला कबड्डी खेलको उद्घाटन गरे । त्यस्तै औद्योगिक प्रशदर्शनीस्थलका लागि विराटनगर महानगरपालिका र उद्योग संगठन मोरङबीच भएको सम्झौता कार्यक्रममा सहभागि, विराटनगरमा निर्माण हुन लागेको भ्यूटावर र मन्दिर निर्माणका लागि सम्झौता, बुढीगंगा गाउँपालिका-३ र ४ का जनतासँग भेटघाट तथा योजनाहरुका विषयमा छलफल, विराटनगर पञ्चालीमा जनतासँग भेटघाट तथा योजनाहरुका विषयमा छलफल जस्ता कार्यक्रममा यस पटक मन्त्री पण्डितले सहभागिता जनाए ।
त्यस्तै विराटनगरस्थित अतिथी सदनमा अगुवा कार्यकर्ता भेला तथा मन्त्रालयका विभिन्न योजनाका विषयमा छलफल, विराटनगर-५ जामुनगाछीमा मन्त्रालयको लगानीमा निर्माणहुने सामुदायीक भवनका विषयमा जनतासँग छलफल तथा अन्तरक्रियामा पनि मन्त्री पण्डित सहभागी भए ।
उनले २ दिनमा निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न नगर तथा गाउँपालिकाका वडामा पुगी जनतासँग छलफल तथा राय लिएको नेता चौधरीले बताए । मन्त्री पण्डित महिनामा २ देखी ३ पटक सम्म आफ्नो निर्वाचन क्षेत्र आउने गरेका छन् ।

























