काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्री स्वीट्जरल्याण्ड जाँदै

12.96K
shares

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन आइतबार स्वीटजरल्याण्ड जाँदै छन् । १९ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली राती ८ बजेर ५० मिनेटमा त्यसतर्फ प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार स्वीटजरल्याण्डमा प्रधानमन्त्रीले तीन वटा फोरममा सहभागिता जनाउनेछन् । साथै साइड लाइन वार्ता समेत गर्ने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

सो टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १७ सदस्य सहभागी रहने बताइएको छ ।

यो फोरमको सम्मेलनमा नेपालका तर्फबाट पहिलोपटक प्रधानमन्त्री सहभागी हुन लागेका हुन् । सम्मेलनबाट विदेशी लगानी भित्रयाउँन सहयोग पुग्ने नेपाली पक्षको विश्वास छ । टोली सम्मेलन सकाएर माघ १२ मा स्वदेश फर्कने कार्यक्रम छ ।