भारतमा डुंगा दुर्घटना, १६ जनाको मृत्यु, ८ बेपत्ता
वि.सं.२०७५ माघ ८ मंगलवार १३:२१
shares

भारतको कर्नाटकमा सोमबार भएको डुंगा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । अन्य ८ जना बेपत्ता भएका छन् । डुंगामा २४ जना सवार रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कर्नाटकको कार्वार क्षेत्रमा भएको दुर्घटनामा बेपत्ता भएकाहरुको उद्धारकर्मीहरुको टोलीले खोजी गरिरहेका छन् । खोजी तथा उद्धारका लागि हेलिकप्टर र अन्य विभिन्न उपकरण प्रयोग भइरहेको अधिकारीहरुले बताएका छन् ।
(एजेन्सी)

























