उज्वेकिस्तानलाई हराउँदै एसिया कपको क्वार्टरफाइनलमा अष्ट्रेलिया
वि.सं.२०७५ माघ ८ मंगलवार १३:११
shares

उज्वेकिस्तानलाई हराउँदै अष्ट्रेलिया एसिया कपको क्वार्टरफाइनलमा पुगेको छ । उज्वेकिस्तानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । उज्वेकिस्तानका दुईवटा प्रहार अष्ट्रेलियाका गोलकिपर म्याथ्यु रायनले बचाएका थिए ।

























