वान डे र टी–ट्वेन्टी सिरिज खेल्न नेपाली टोली युएई जाँदै
वि.सं.२०७५ माघ ८ मंगलवार १८:०६
shares

वान डे र टी–ट्वेन्टी सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार युएई जाँदै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह ४ बजे १६ सदस्यीय टोली युएई प्रस्थान गर्ने छ ।
पारस खड्काकाे कप्तानीमा रहेकाे टाेलीमा सन्दीप झोरा, पवन सर्राफ, भीम सार्की र अबिनास बोहोरा पनि समेटिएका छन् । उनीहरूले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । वान डे र टी–ट्वेन्टी सिरिज शुक्रबारबाट सुरु हुने छ । उक्त सिरिजका लागि चार नयाँ खेलाडीले डेब्यु गरेको जानकारीसहित शनिबार राष्ट्रिय टोलीको घोषणा गरिएको थियो ।
बंगलादेश प्रिमियर लिग बिपीएल खेलेर सोमबार मात्रै काठमाडौं आईपुगेका लेग स्पिनर सन्दिप लामिछाने पनि सँगै युएई जाने छन् । नेपालले घरेलु टोलीसँग माघ ११, १२ र १४ गते वान डे र माघ १७, १८ र २० गते ट्वान्टी २० क्रिकेट खेल्नेछ ।

























