काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विराट जुत्ता चप्पल व्यापार मेलामा ओइरिए ग्राहक

15.94K
shares

‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो मूल अभियान’ भन्ने नाराका साथ विराटनगरमा बुधबारदेखी सुरु विराट जुत्ता चप्पल मेला-२०७५ मा ग्राहकको उल्लेख्य भीड लागेको छ । विराटनगर-७ मेनरोडस्थित बैंक अफ काठमाडौंको अगाडि खाली स्थानमा जारी १ महिने मेलामा जुत्ता चप्पल किन्ने ग्राहकको ओइरो लागेको हो ।

मेलाका अबसरमा तुलनात्मक रुपमा सस्तो पाएपछि दिनानुदिन ग्राहकको संख्या बढ्दै गएको हो । मेलामा विराटनगर लगायत आसपासका गाउँ तथा नगरपालिकाबाट स्वदेशी जुत्ता चप्पल किन्नेको भीड लाग्ने गरेको हो । बुधबार दिउँसोबाट सुरु मेलामा हालसम्म २० हजार भन्दा बढीले अबलोकन गरेको आयोजकले जनाएको छ ।

मेलामा अबलोकनका लागि आएका ग्राहकले मेलामा बजारमा भन्दा निकै सस्तो मूल्यमा जुत्ता चप्पल पाएको प्रतिकृया दिएका छन् । मोरङ थलाहका सुभास सरदारले विदेशी उत्पादन भन्दा स्वदेशी जुत्ता चप्पल टिकाउ हुने बताउँदै मेलामा विषेश छुट सहित सस्तो मूल्यमा पाउँदा खुसी लागेको बताए ।

त्यस्तै विराटनगर-३ ढाटका चुडामणि तिम्सिनाले पनि मेलामा जुत्ता चप्पल सोचे भन्दा सस्तो रहेको बताए । उनले बजारमा भन्दा मेलामा अपत्यारिलो सस्तो मूल्यमा जुत्ता चप्पल पाएको प्रतिक्रिया दिए ।

त्यस्तै मेलामा स्टल राखेका कम्पनीहरुले ग्राहकको सहभागिता राम्रो रहेको बताएका छन् । बिएफ डियर हिल सुजका व्यवस्थापक गोबिन्दप्रसाद घिमिरेले मेलामा ग्राहकको उपस्थिती र विक्रि सोचे अनुरुप भएको बताए । मेला संयोजक होमनाथ उपाध्यायले ग्राहक उपभोक्ता आउँने क्रम दिनदिनै बढिरहेको बताए । उनका अनुसार बिहीबारमात्र १० हजार बढीले मेला अबलोकन गरेको जानकारी दिए ।

निःशुल्करूपमा प्रवेश रहेको मेलामा जुत्ता–चप्पल खरिद गर्ने ग्राहकले १५ देखि ६० प्रतिशतसम्म छुट पाउने संयोजक उपाध्यायले बताए । मेलामा बिएफ डियर हिल, रन सुज्, क्रस रोड, म्याजिक, सु ल्याण्ड र कोसेली सुजका स्पोर्टस्, क्याजुअल, हवाई चप्पल र बेल्ट बिक्रीमा राखिएका छन् ।

करीब २ लाखले मेला अवलोकन गर्ने अपेक्षाका गरिएको आयोजकले जनाएको छ । मेलामा स्वदेशी १० वटा उद्योगका स्टलहरुराखिएको छ । मेलाको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बुधबार एक समारोहकाबीच उद्घाटन गरेका थिए ।