काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णाली : प्रदेशस्तरीय क्यान इन्फोटेक फागुन २४ देखि

12.31K
shares

कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा कर्णाली प्रदेशस्तरीय क्यान इन्फोटेक यही फागुन २४ गतेदेखि २८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने भएको छ ।

इन्फोटेक सञ्चालनका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुने क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिए । रोबोटबाट इन्फोटेकको उद्घाटन गर्ने तयारी भइरहेको उनले बताए ।

कर्णालीका १० वटै जिल्लाको सहभागीता रहने गरी आयोजना हुन लागेको उक्त इन्फोटेकका समन्वय क्यान महासंघ कर्णाली प्रदेशले गर्ने र त्यसको संरक्षकमा क्यान महासंघ नेपाल रहने आयोजकले जनाएको छ ।

क्यान महासंघ सुर्खेतका अनुसार आइएमइ पे मुख्य प्रायोजक रहेको उक्त इन्फोटेकको नाम नै आइएमइ पे क्यान इन्फोटेक राखिएको क्यान महासंघ सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसअघि सुर्खेत शाखाको आयोजनामा सुण्डे क्यान इन्फोटेक २०१३ र के सेभेन क्यान इन्फोटेक २०१६ सम्पन्न भइसकेको छ । इन्फोटेकमा करिव ७० वटा स्टल रहने आयोजकले बताएको छ । आयोजकका अनुसार इन्फोटेकमा राष्ट्रियस्तरका व्यवसायीहरु सहभागी हुनेछन् भने नेपालमा भित्रिएका नविनतम् प्रविधिहरुको प्रदर्शनी मुख्य आकर्षकको रुपमा रहने बताइएको छ ।

क्यान सुर्खेतका अध्यक्ष चन्दले भने, ‘इन्फोटेकलाई स्तरीय, सभ्य र भव्य बनाउन हरसम्भव प्रयास गरेका छौं । मेलाभित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार सञ्चालन हुनेछन् । सरकारी, गैरसरकारी तथा नीजि क्षेत्र, शिक्षा तथा विज्ञान तथा प्रविधि क्षेत्रको उल्लेख्य सहभागीता हुने अपेक्षा गरेका छौं । यस प्रदर्शनीलाई सुर्खेतको लागि सूचना संचार र प्रविधिको ठूलो प्रदर्शनीका रुपमा लिएका छौं ।’

उक्त इन्फोटेक करिव १ लाख बढी दर्शकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

साथै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारलाई प्रविधिसंग जोड्नुका साथै स्थानीय मुख्य पर्यटकिय आकर्षण क्षेत्रको हिसावले धार्मिक तथा ऐतिहासिक रुपमा राष्ट्रिय सम्पदा सूचिमा सूचिकृत काँक्रेविहार, बुलबुले ताल, देउतीवज्यै मन्दिर, गोठीकाँडा, घण्टाघर, भेरी र कर्णाली नदी, जाजुरा दह, रारा, थारु होमस्टेलाई प्रविधिमा जोडेर पर्यटन प्रबर्धनमा टेवा पुर्याउने लक्ष्य आयोजकले राखेको छ ।