शुक्रबार पनि घट्यो अमेरिकी डलरको भाउ
वि.सं.२०७५ माघ ११ शुक्रवार १८:५४
shares

शुक्रबार पनि अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा सटही दरअनुसार शुक्रबारको डलर भाउ एक बराबर एकसय १३ रुपैयाँ ४२ पैसा छ । खरिद दर भने एकसय १४ रुपैयाँ २ पैसा छ । यसअघि बिहीबार डलर भाउ एक बराबर एक सय १४ रुपैयाँ ४४ पैसा थियो भने भने खरिद दर १ सय १३ रुपैयाँ ८४ पैसा थियो ।
गत मंगलबार एक डलर किन्न एक सय १४ रुपैयाँ ३५ पैसा तिर्नुपर्ने गरी डलर भाउ बढेको थियो । बुधबार थप २५ पैसा महँगो भई १ सय १४ रुपैयाँ ६० पैसामा कारोबार भएको थियो भने बिहीबार १६ पैसाले सस्तो भएको थियो । शुक्रबार त्यसमा पनि ८२ पैसा सस्तो भएको हो ।
गत असोज २४ गते इतिहासमै पहिलो पटक डलर भाउ १ बराबर १ सय १९ रुपैयाँ ३३ पैसासम्म पुगेर कीर्तिमान कायम गरेको थियो । डलर भाउ बढ्दा नेपाली रुपैयाँ कमजोर हुन्छ ।

























