काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

६ महिनामै सिटिजन्स बैंकले कमायो ७७ करोड बढी नाफा

10.77K
shares

सिटिजन्स बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ७७ करोड ३ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले आर्जन गरेको यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २२.५५ प्रतिशतले बढी हो । शुक्रबार प्रकाशित नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार बैंकले ६ महिनाको अवधिमा ५३.२९ प्रतिशतले खुद व्याज आम्दानीमा सुधार गरेर एक अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेको छ । समीक्षा अवधिमा बैंकको कर्जा विस्तारभन्दा निक्षेप संकलनको विस्तारको प्रतिशत उच्च देखिन्छ । निक्षेप संकलन ११.३९ प्रतिशतले बढाएको बैंकले कर्जा लगानी १५.५० प्रतिशतले बढाएको छ ।

चालु आवको ६ महिनामा बैंकले ६५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरि ६० अर्ब ४७ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । एफपिओ र बोनस सेयरबाट ३.०१ प्रतिशतले पूँजी बढाउँदा बैंकले जगेडा कोष बढाएको छ । गत आवको पुस मसान्तमा जगेडा कोष १ अर्ब ९९ करोड ६८ लाख रहेकोमा बैंकले त्यसको आकार बढाएर ३ अर्ब ३७ करोड २३ लाख रुपैयाँ पुयाएको छ । समीक्षा अवधिमा बैंकको जगेडा ६८.८८ प्रतिशतले बढेको हो ।

पुस मसान्तसम्म सिटिजन्स बैंकको ८ अर्ब ३७ करोड १० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३४ करोड र जगेडा कोष एक अर्ब ३७ करोड ५५ लाखले बढेको छ ।

समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । गत आर्थिक वर्षको ६ महिना अवधिमा बैंकमा १.९४ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर १.६२ प्रतिशतमा झरेको छ ।

पूँजीमा सामान्य वृद्धि हुँदा बैंकले प्रतिसेयर आम्दानी भने १५ रुपैयाँ ६६ पैसाबाट १८ रुपैयाँ ४२ पैसा पुर्याएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात ११.८४ गुणा छ ।

बैंकले ६५ करोड ९६ लाख वितरणयोग्य नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ३ करोड १० लाख रुपैयाँले बढी हो । गत वर्ष बैंकले ६२ करोड ८६ लाख वितरणयोग्य नाफा आर्जन गरेको थियो । बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट ११ करोड ६ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफाभन्दा लाभांश क्षमता घटेको छ ।

चालु आवको पुस मसान्तसम्म अवधिमा सिटिजन्स बैंकले ५३.३० प्रतिशतले खुद ब्याज आम्दानीमा वृद्धि गरेको छ । गत वर्ष यसै अवधिमा ९७ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले सोही अवधिमा एक अर्ब ४९ करोड ४५ लाख खुद ब्याज आम्दानी गरेको छ । ४ अर्ब २९ करोड ६८ लाख ब्याज आम्दानी गरेर बैंकले २ अर्ब ८० करोड २३ लाख ब्याज खर्च गरेको हो ।