काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तीन अर्बको ऋणपत्र निष्काशन गर्दै एनएमबि बैंक

11.97K
shares

एनएमबि बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० प्रतिशत व्याजदरमा ’एनएमबी डिभेन्चर २०८५’ निष्काशन गर्न लागेको हो । यसका लागि बैंकले क्रेडिट रेटिङ गराएको छ । तीन अर्ब रुपैयाँको लागि गराएको रेटिङमा पर्याप्त सुरक्षा सूचक जनाउने ‘इक्रा एनपी एलए माइनस’ पाइएको छ । यो परिणामले ऋणपत्रको लगानी सुरक्षित रहेको जनाउ दिन्छ । हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहरुले ऋणपत्रलाई पुँजी जुटाउने माध्यम बनाएका हुन् । आधा दर्जन बढी बैंकले ऋणपत्र जारी गर्ने घोषणा गरिसकेका छन् भने केही बैंकले ऋणपत्र बिक्री पनि गरिसकेका छन् ।