काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डा. केसीको अनसन : विवेकशीलका उज्वल थापाले दिए गिरफ्तारी

12.47K
shares

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको समर्थनमा नवगठित विवेकशील नेपाली दलका संयोजक उज्वल थापाले गिरफ्तारी दिएका छन् । थापासहित २५ जनाले शुक्रबार सामूहिक गिरफ्तारी दिएका हुन् ।

थापासहित शशी विक्रम कार्की, अजिता राई, डा. दिनेश प्रसाईं, अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमी, लगायत रहेका छन् । केसीको अनसनमा समर्थन जनाउँदै गिरफ्तारी दिन उनीहरू नयाँ बानेश्वर पुगेका थिए ।

१५ औं अनसनको समयमा सरकारले केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्न माग गर्दै सम्झौतापत्र लिएर संसद भवन छिर्न खोजेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।