काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बलात्कारको आरोपमा पक्राउ

11K
shares

बलात्कार गरेको आरोपमा त्रिवेणी नगरपालिका–८ कालापनीका ५८ वर्षीय राम गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४५ वर्षीया शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी राम्रोसँग बोल्नसमेत नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको हो ।

बिहीबार पीडित महिला जंगलमा दाउरा, घाँस गर्न गएको समयमा अभियुक्त गिरीले मदिरा सेवन गरेर बलात्कार गर्न खोजेको र नजिकै आफन्तले होहल्ला गरे पनि नसुनेझैँ गरेको बताइएको छ । महिलाका आफन्तले दिएको उजुरीको आधारमा गिरीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको प्रहरी नायव निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए । पक्राउ परेका गिरीलाई अहिले हिरासतमा राखिएको छ ।

त्यस्तै, बाजुरामा भरुवाबन्दुकसहित दुई सिकारी पक्राउ परेका छन् । त्रिवेणी नगरपालिका–७ मालाकोट बस्ने ३३ वर्षीय कृष्ण मिजार र सोही वडाका खडक ऐडी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्रिवेणी नगरपालिका–८ स्थित बादापानीको जंगलमा सिकार खेल्न गएको अवस्थामा शुक्रबार भरुवा बन्दुकसहित उनीहरू पक्राउ परेका हुन् ।(रासस)