गृहपृष्ठ नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग छलफल
नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँग छलफल गरेका छन् । प्रधानमन्त्रीले शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा आव २०७६/७७ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको कार्यान्वयनबारेको अन्योल वा अस्पष्टताबारे सञ्चारकर्मीका जिज्ञासा सम्बोधन गरेका थिए । कार्यक्रममा राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधि, वरिष्ठ सम्पादक तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
प्रकाशित समय : १८:३५ बजे




















