गृहपृष्ठ दुई वर्षमै नेपालका १० सहरमा पुग्यो ओयो
दुई वर्षमै नेपालका १० सहरमा पुग्यो ओयो
नेपालमा सेवा सुरु गरेको दुई वर्षमै फ्रेन्चाइज होटल, घर र बासस्थलहरुको सञ्जाल ओयो होटल्स र होम्स १० सहरमा विस्तार भएको छ । २०१७ मेमा नेपालका तीनवटा सहर काठमाडौं, पोखरा र भक्तपुरबाट सेवा सुरु गरेको ओयो धुलिखेल, नगरकोट, चितवन, विराटनगर, हेटौंडा, नेपालगन्ज र धनगढीसम्म विस्तार भएको हो ।
हाल नेपालको ओयो सञ्जालमा २०० भन्दा बढी होटल र ३४ सयभन्दा बढी कोठा छन् । आदित्य घोष, इन्डिया र दक्षिण एसिया, ओयो होटल्स र होम्सका प्रमुख कर्यकारी अधिकृतले नेपालमा सेवा सुरु गरेपछि नेपालको आतिथ्य उद्योगबाट धेरै सिकेको बताए । ओयोले हालै भारत र दक्षिण एसियाका लागि १४ सय करोड भारतीय रुपैयाँ लगानी गरेको जनाएको छ ।
प्रकाशित समय : ०१:५९ बजे


















