global ime bank Long Banner Ad

गृहपृष्ठ राजस्थानमाथि दिल्लीको ५ विकेटको जित, अंकतालिकामा दोस्रो

राजस्थानमाथि दिल्लीको ५ विकेटको जित, अंकतालिकामा दोस्रो

राजस्थानमाथि दिल्लीको ५ विकेटको जित, अंकतालिकामा दोस्रो

इन्डियन प्रिमियर लिग आईपीएलअन्तर्गत शनिबार भएको पहिलो खेलमा दिल्लीले राजस्थानलाई ५ विकेटले पराजित गरेको छ । घरेलु मैदानमा राजस्थानले दिएको ११५ रनको लक्ष्य दिल्लीले १६.१ ओभरमै पूरा गरेको हो ।

टस जितेर ब्याटिङ गरेको राजस्थानले निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । राजस्थानका लागि रियान परागले ५० रन बनाउनबाहेक अन्य कुनै ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । लियाम लिभिङ्सटनले १४ तथा श्रेयास गोपालले १२ रन बनाए । राजस्थानको इनिङ्स ध्वस्त पार्ने क्रममा इशान्त शर्मा र अमित मिश्राले समान ३/३ विकेट लिए ।

११६ रनको लक्ष्य पछ्याएको दिल्लीले २३ बल बाँकी छँदै जित हात पार्यो । दिल्लीका लागि ऋषभ पन्तले ३८ बलमा अविजित ५३ रन बनाए । १४ खेल खेलेर ९ खेलमा जित हात पारेको दिल्ली अंकतालिकाको दोस्रो नम्बरमा छ । समान १८ अंक जोडेको चेन्नेई रन रेटका आधारमा पहिलो नम्बरमा छ ।

प्रकाशित समय : ०२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु