गृहपृष्ठ आईपीएल : बेंग्लोरले हैदराबादलाई चार विकेटले हरायो
आईपीएल : बेंग्लोरले हैदराबादलाई चार विकेटले हरायो
इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेञ्जर्स बेंग्लोरले अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई चार विकेटले पराजित गरेको छ ।
बेंग्लोरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।
१७६ रनको लक्ष्य बेंग्लोरले चार बल र चार विकेट बाँकी रहँदा पूरा गर्यो । अब कोलकाता मुम्बईसँग हारेमा मात्र हैदराबाद प्लेअफमा पुग्नेछ ।
प्रकाशित समय : १२:२२ बजे


















