गृहपृष्ठ महतोको प्रश्न : नीति तथा कार्यक्रम आधा निद्रामा लेखेको हो ?
महतोको प्रश्न : नीति तथा कार्यक्रम आधा निद्रामा लेखेको हो ?
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले नीति तथा कार्यक्रमको बुँदा नं ७ मा लेखिएको संविधानको सर्वस्वीकार्यतामाथि असहमति जनाएका छन् । आइतबारको संसद बैठकमा उनले नीति तथा कार्यक्रम भाङ खाएर लेखिएकोजस्तो देखिएको बताए ।
‘संविधानको सर्वस्वीकार्यरतामा विमति छैन? कसरी लेखियो नीति तथा कार्यक्रम? आधा निद्रामा लेख्या हो ?’ उनले नीति तथा कार्यक्रममा लेखिएको संविधान सर्वस्वीकार्य भन्ने शब्द परिमार्जन गर्न आग्रह गरे ।
आफूहरुले पटक पटक संविधान संशोधन गर्न आवाज उठाउँदै आएको र सरकारमै सहभागिहरुले संशोधनको आश्वासन दिएकाले संशोधन नै नहुँदै सर्वस्वीकार्य भनिनु गलत भएको बताए ।
प्रकाशित समय : १८:४५ बजे



















