काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सगरमाथा आरोहणमा मिङ्मा शेर्पाको कीर्तिमानी

13.48K
shares

आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान रचेका छन् । संखुवासभाका शेर्पाले जेठ १३ गते ६ घण्टा १ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरेका हुन् ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पायोनियर एड्भेन्चरले शेर्पाले सगरमाथा र चौथो ल्होत्से हिमालको पनि सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको औपचारिक जानकारी गराएको हो । यसअघि निर्मल पुर्जाले १० घण्टा १५ मिनेटमा सगरमाथाको आरोहण गरेका थिए ।

पत्रकार सम्मेलनमा शेर्पाले नेपालीको सहयोगमा विदेशीले हिमाल आरोहणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान राखेपछि आफूलाई पनि छोटो समयमै सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्ने इच्छा जागेको बताए ।

संखुवासभाको मकालु गाउँपालिका–२ का शेर्पाले सगरमाथाको पाँचपटक सफल आरोहण गरिसकेका छन् । उनले ल्होत्से हिमालको ३ पटक, मकालुको ३ पटक, मनास्लुको ३ पटक, केटु हिमालको २ पटक, धौलागिरि हिमालको २ र आमादब्लाम हिमालको २ पटक गरी २० पटक हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।