काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सांसदहरुले नीति बनाउने हो, पैसा बोकेर गाउँ जाने होइन : संसद सुवाल

13.73K
shares

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन क्षेत्र विकास कोषका लागि रकम छुट्याउनु गलत भएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा मंगलबार सांसद सुवालले भने, ‘संघीय सांसदको काम नीति बनाउने हो, बजेट बोकेर गाउँ जाने होइन ।’
प्रधानमन्त्री कृषि परियोजनाको रकम साना कृषकले नपाएको बरु कर्मचारीका आफन्तले दुरुपयोग गरिरहेको भन्दै उनले यसलाई सुधार्न सुझाव दिए । चालू आवमा पनि ५ लाख रोजगारी, आगामी आवमा पनि ५ लाख रोजगारीका कुरा गर्ने सरकारले रोजगारी सिर्जना भने गर्न नसकेको उनले बताए ।
त्यस्तै, संघले प्रदेश र स्थानीय तहमाथि तथा प्रदेशले स्थानीय तहमाथि हस्तक्षेप गर्नु संघीयताको मर्मविपरीत रहेको भन्दै उनले असन्तुष्टि जनाए । समृद्ध नेपाल र सुखी नेपालीको नारा पनि नारामै सीमित रहेको उनको अरोप छ ।