काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बजेटले आत्महन्ता अर्थतन्त्रको विकास गर्दैछ : घनश्याम भुसाल

14.6K
shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद घनश्याम भुसालले बजेटले आत्महन्ता अर्थतन्त्रको विकास गरिरहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलका क्रममा मंगलबार सांसद भुसालले भने, ‘यसअघिका बजेटको संरचना जस्तो थियो अहिले पनि त्यस्तै छ, यसको संरचनाका कारण बजेटले आत्महन्ता अर्थतन्त्रको विकास गरिरहेको छ ।’

बजेटको करिब ८४ प्रतिशत चालू खर्च र कबिर २६ प्रतिशतमात्रै विकास खर्च हुनु नै बजेतको संरचनागत त्रुटि भएको उनले बताए । ‘११ खर्ब खाने र ४ खर्ब लगानी गर्ने प्रणालीबारे गम्भीर बहस हुन जरुरी छ,’ उनले भने ।

अहं प्रश्न के भने परम्परागत कृषिमा थुप्रिएको श्रमलाई मुलुकको आत्मनिर्भरतामा उपयोग गर्न किन सकिएको छैन ? यसतर्फ सोच्न जरुरी भएको सांसद भुसालले बताए । भ्रष्टाचारको दुश्चक्र बलशाली भइरहेको भन्दै उनले ठूला घोटालाका घटना यही दुश्चक्रभित्रबाट भइरहेको टिप्पणी गरे ।

बजेटमा सबै खुसी
बजेटमा सबै खुसी भएकाले आफू पनि खुसी भएको नेता भुसालले बताए । ‘बजेटसँग तलब बढेर ८ लाखभन्दा बढी कर्मचारी खुसी छन्, वृद्धभत्ता बढेर १५–१६ लाख वृद्धवृद्धा खुसी छन्, निर्वाचन क्षेत्रको बजेट पाएर हामीजस्ता निर्वाचित सांसद खुसी छौं,’ उनले व्यंग्यात्मक शैलीमा भने, ‘एउटा–एउटा साना–साना कुराको विरोध गर्न पाएर विपक्षी पनि खुसी छ, त्यसमै रमाइरहेको छ ।’