काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चीनले भन्यो- नेपालमा रेल ल्याउन दृढ छौं

10.19K
shares

नेपालमा चिनियाँ रेलको विषयमा अनेक तर्क–वितर्क भइरहँदा चीनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको गत महिना भएको चीन भ्रमण तथा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राजदूत हउ यानछीले भौगोलिक विकटताकै कारण तत्काल रेल ल्याउन निकै जटिल भए पनि चीनसँग दृढ संकल्प रहेकाले नेपालमा चिनियाँ रेल भित्र्याएरै छाड्छौं ।

रेलबारे राजदूतको भनाइ

भौगोलिक विकटताका कारण यो विषय अत्यन्त जटिल रहेकाले दुई-तीन वर्षमै यो कार्य सम्भव हुँदैन । यस्ता परियोजना निर्माणका लागि वैज्ञानिक दृष्टिकोण जरुरी छ । स्पष्ट भन्नुपर्दा प्रस्तावित रेलमार्गको भौगोलिक बनोट साँच्चै समस्यापूर्ण छ । रेल भित्र्याउने कार्य सजिलो छैन । यो आज घोषणा गरेर भोलि पूरा हुने योजना होइन । यो त एक-एक खुड्किलो चढ्दै पूरा हुने विषय हो ।

काठमाडौंमा हुने रेलको बहस सुनेर हामी अचिम्मत हुने गरेका छौं । चिनियाँ रेल नेपाल ल्याउने योजना आर्थिक रुपमा महँगो कार्य हो । नेपालमा रेल भित्र्याउन लामो समय लाग्नसक्छ । तर हामीसँग काम गर्ने दृढ संकल्प छ । कामलाई निरन्तरता दिँदै जानेछौं, विभिन्न चरण पार गर्दै रेल नेपाल भित्र्याउनेछौं । यो परियोजनाको लागत कति हो अहिलै भन्न सकिँदैन । हामी भर्खर सम्भाव्यता अध्ययनको चरणमा छौं। सम्भाव्यता अध्ययनबारे छलफल चलिरहेको छ । यो सकिएपछि लागत रकम थाहा हुनेछ ।

रेलमार्ग पूर्वसम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन र डिजाइनपछि मात्र निर्माण सुरु गरिनेछ । हालसम्म परियोजनाको पूर्व सम्भाव्यता अध्ययनमात्र पूरा भएको छ ।