रेनोको नयाँ अफर : बजेटअघि बेनिफिट, ५ लाखसम्म छुट
वि.सं.२०७६ जेठ १० शुक्रवार ०३:१९
shares

रेनो गाडीको नेपालका लागि एकमात्र आधिकारक वितरक एड्भान्स अटोमोबाइलले ‘रेनो बजेटअघि बेनिफिट’ भन्ने नयाँ अफर सार्वजनिक गरेको छ । ग्राहकले यो अफरमार्फत आगामी आर्थिक वर्षको बजेट भाषण हुनुअघि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभ उठाउन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
अफरअन्तर्गत ग्राहकले ५ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यसबाहेक ग्राहकले रेनो गाडी बुकिङ वा खरिद गर्दा निःशुल्क रोड कर, तुरुन्त एक्सचेन्ज तथा पाँच वर्षसम्मको वारेन्टीबाट लाभान्वित हुन सक्नेछन् । यो अफर रेनो ब्रान्डका केडब्लूआईडी, डस्टर र क्यापचरमा लागू हुने कम्पनीले जनाएको छ ।

























