global ime bank Long Banner Ad

गृहपृष्ठ उदयपुरमा जिप दुर्घटना : प्रदेश सांसद र उपप्रमुख घाइते

उदयपुरमा जिप दुर्घटना : प्रदेश सांसद र उपप्रमुख घाइते

उदयपुरमा जिप दुर्घटना : प्रदेश सांसद र उपप्रमुख घाइते

उदयपुरमा जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन्।

सोमबार साँझ चौदण्डी–७ को भुल्केमा जीप अनियन्त्रित भइ दुर्घटना हुँदा प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी घाइते भएका हुन् ।

विराटनगरबाट गाईघाट आउने क्रममा सोमबार साँझ त्रियुगा नगरपालिकाको स १ झ ५३१ नम्वरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक बीरबहादुर बुढामगरले जानकारी दिए।

बुढामगरले न्युज कारोबारलाई दिएकाे जानकारी अनुसार हिजो साँझ नै घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको हो । ‘अहिले उहाँहरुको अवस्था सामान्य छ ।’ उनले भने ।

प्रकाशित समय : १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु