काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रहरीका सात भवन निर्माणाधीन

10.86K
shares

खोटाङ जिल्लामा एकैसाथ सात ठाउँमा प्रहरी भवन निर्माण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐंसेलुखर्क, मात्तिमबिर्ता, प्रहरी चौकी देवीस्थान, रतन्छा, च्यास्मिटार र बुइपाको कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता आमोदकुमार खेरवारका अनुसार जिल्ला प्रहरी कार्यालयको आवासगृह ४८ प्रतिशत, इलाका प्रहरी कार्यालय ऐंसेलुखर्क ६५ प्रतिशत, मात्तिमबिर्ता ७५ प्रतिशत, देवीस्थान ९५ प्रतिशत र रतन्छा, च्यास्मिटार र बुइपाको २०-२० प्रतिशत निर्माण सम्पन्न भएको छ । आवासगृह नेपाल सरकारको नियमित बजेट ३ करोड ९० लाख ७ हजार ६७२ रुपैयाँ लगानीमा निर्माण सुरु गरिएको हो ।

इलाका प्रहरी कार्यालय ऐंसेलुखर्क भूकम्प प्राधिकरण कोषको ३ करोड १५ लाख ९१ हजार १५१ रुपैयाँ, मात्तिमबिर्ता साकेला गाउँपालिकाको १५ लाख रुपैयाँ, प्रहरी चौकी देवीस्थान भूकम्प प्राधिकरण कोषको १ करोड ७९ लाख २८ हजार ३३१ रुपैयाँ, रतन्छा प्रदेश सरकारको १ करोड ७९ लाख ३६ हजार ३२४ रुपैयाँ, च्यास्मिटार प्रदेश सरकारको १ करोड ६४ लाख ४८ हजार ९८३ रुपैयाँ र बुइपा प्रदेश सरकारकै १ करोड ७९ लाख २२ हजार ७९९ रुपैयाँ लागतमा निर्माण भइरहेका छन् ।

चार अस्थायीसहित ३५ प्रहरी बिट रहेको जिल्लामा इलाका प्रहरी कार्यालय बाक्सिला, प्रहरी चौकी वाप्लुखा र हुक्नाजोरका लागि आगामी आर्थिक वर्ष नयाँ भवन निर्माणको काम सुरु हुने जनाइएको छ । तीन वटै स्थानको प्रहरी भवन प्रदेश सरकारको लगानीमा निर्माण गरिने प्रहरी प्रवक्ता खेरवारले जानकारी दिए । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा तालखर्क, याम्खा, भण्डारेघाट र हरमटारमा अस्थायी प्रहरी चौकी छन् । (रासस)