काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धर्नामा बसेका ६० अस्थायी शिक्षक पक्राउ

9.83K
shares

प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तालाबन्दी गर्न पुगेका ६० जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा पूर्व अस्थायी शिक्षक सघर्ष समितीका प्रदेश २ संयोजक धर्मेन्द्र यादवसहित छन् ।

कर्मचारीलाई मुख्यमन्त्री कार्यालय प्रवेशमा अवरोध गर्दै तालाबन्दी गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिनु परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका शिक्षकहरुलाई प्रहरीको थुनुवा कक्षमा राखिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामेश्वर कार्कीले बताए ।

सेवाबाट बर्खास्त गरिएपछि पुनर्बहालीको मागसहित आन्दोलन गर्दै आएका उनीहरुले मंगलबार दिउँसो मुख्यमन्त्री कार्यालयअगाडि आधा घण्टा चक्काजामसमेत गरे । यसअघि अस्थायी शिक्षकहरुले असार २० देखि एक महिनासम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअगाडि धर्ना दिएका थिए ।