global ime bank Long Banner Ad

गृहपृष्ठ अवैध लागु औषधसहित पक्राउ

अवैध लागु औषधसहित पक्राउ

अवैध लागु औषधसहित पक्राउ

बाराको निजगढ नगरपालिका-११ स्थित हनुमानचोकबाट अवैध लागु औषध गाँजा १ केजी ५ सय ग्रामसहित सर्लाही बसबरिया गाउँपालिका-३ बस्ने ७६ वर्षीय राजेन्द्र रायलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागु औषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका-६ बाट अवैध लागु औषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-७ बस्ने २० वर्षीय राजन जोशी र २० वर्षीय विवेकराज उपाध्यायलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले से३प ४६२६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु