भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह
वि.सं.२०८३ मंसिर ५ शनिवार ०७:३८
shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा भारतसँग अघि बढाइएका पञ्चेश्वर परियोजना, त्रिदेशीय विद्युत् व्यापार तथा कृषि क्षेत्रसँग सम्बन्धित सहमति र समझदारीलाई निष्कर्षमा पु¥याउन सुझाव दिए ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्रचण्डले प्रधानमन्त्रीले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर छलफल गर्ने अपेक्षा गरेको बताए ।
उनले भने, ‘पहिलो कुरा त नेपालको राष्ट्रिय हितलाई प्राथमिकता र केन्द्रबिन्दुमा राखेर छलफल गर्नुहुनेछ भनेर म अपेक्षा गर्छु । दोस्रो कुरा चाहिँ नेपाल–भारत सम्बन्धमा मैले पछिल्लो पटक प्रधानमन्त्री हुँदा जे–जति कामहरू अगाडि बढाएको थिएँ, मैले त चाहन्छु ती कामहरूलाई उहाँले फत्ते गर्दिनुस् ।’
प्रचण्डले आफ्नो कार्यकालमा पञ्चेश्वर परियोजना हस्ताक्षरको चरणसम्म पुगेको उल्लेख गर्दै त्यसलाई टुङ्ग्याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक सहमति हुने बताउनुभयो । उहाँले विद्युत् व्यापारसँग सम्बन्धित त्रिदेशीय सहमति र कृषिको विकासका लागि भएका समझदारीलाई पनि अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
उनले भने,‘पञ्चेश्वर करिब–करिब हस्ताक्षर हुने ठाउँमा पुगेको थियो । पञ्चेश्वर परियोजनालाई हामीले टुङ्ग्याएको भए नेपाल–भारत दुवैको लागि एउटा ऐतिहासिक सहमति हुन्थ्यो । त्यसलाई टुङ्ग्याउनेबारे, अब विद्युत् व्यापारसँग सम्बन्धित त्रिदेशीय पनि जहाँ पुगेको छ, त्यसलाई पनि र अन्य कुराहरू चाहिँ यो कृषिको विकासको निम्ति पनि केही सहमति समझदारीहरू भएका थिए । ती सहमति समझदारीहरू अगाडि जाउन् भन्ने म चाहन्छु ।’

























