काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नवरात्रमा पशुपति क्षेत्रका नौ महाशक्ति पीठमा विशेष पूजा

351
shares

काठमाडौँ।नवरात्रका अवसरमा यस वर्षदेखि पशुपति क्षेत्रका नौ महाशक्ति पीठ र दश महाविद्या स्थलमा विशेष पूजा सुरु भएको छ ।

विश्व शान्ति र राष्ट्र कल्याणको कामनासहित पशुपतिनाथ र पशुपति क्षेत्रका सबै महाशक्ति पीठ तथा देवदेवीमा नवरात्रभर विशेष पूजा गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य केदारमान भण्डारीले बताए ।

पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, वत्सलेश्वरी, जयवागीश्वरी, राजराजेश्वरी, बज्रेश्वरी, कोटेश्वरी, झम्केश्वरी, भुवनेश्वरी र मनमानेश्वरी शक्ति पीठ छन् । यी पीठमा यसै वर्षदेखि विशेष पूजा सुरु गरिएको हो ।