काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

520
shares

रौतहट । बारामा लागुऔषध गाँजाको ओसारपसार भइरहेको आशंकामा प्रहरीले गरेको चेकजाँचका क्रममा ५५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका–६ रामनगर टोलका ४५ वर्षीय राजकिशोर प्रसाद यादव रहेका छन्।

प्रहरीका अनुसार शनिबार राति करिब १०ः४५ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट इन्स्पेक्टर कृष्णदेव साहको नेतृत्वमा खटिएको गस्ती टोलीले पचरौता नगरपालिका–६ मा चेकजाँच गर्ने क्रममा यादवलाई फेला पारेको थियो। चेकजाँचका क्रममा उनको साथबाट ठूलो परिमाणमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

बरामद गाँजासहित यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको छ। गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ लैजान खोजिएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।