काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

वीरेन्द्रनगरमा धमाधम निर्माण हुँदै फोर लेन सडक

455
shares

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा फोरलेन सडक निर्माणमा तीव्रता आएको छ । पूर्वाधार विकास कार्यालय सुर्खेतसँग वासना निर्माण सेवा कालिकोटले फोरले सडक निर्माणमा तीव्रता दिएको हो ।

२०८३ जेठ २२ गते निर्माण कम्पनीले कार्यालयसँग गरेको सम्झौता अनुसार २०८५ असार १५ गते निर्माण सम्पन्न गर्नुपर्ने छ । तीन दशमलव २० किमि लम्बाई रहेको सडकको २० करोड ५५ लाख २४ हजार कूल लागत रहेको सुरु विन्दु रातो पुल हो भने अन्तिम विन्दु बांगेशिमल रहेको कार्यालयका इन्जिनयर प्रेम पाण्डेले जानकारी दिए ।

‘उहाँहरुले निर्माणमा तीव्रता दिनु भएको छ । सकेसम्म उहाँहरुले सम्झोता अवधीभित्रै निर्माण सम्पन्न गर्ने अपेक्षा छ,’ पाण्डेले भने । यता, निर्माण व्यवसायी मानव बमले आफूहरु सडक निर्माणमा जवाफदेहिता पूर्वक काम गरिरहेको बताए ।

‘हामीले अहले निर्माणमा तीव्रता दिएका छौँ । समय अगावै काम सम्पन्न गरेर योजना हस्तान्तरण गर्छौँ,’ बमले भने । यता, कार्यालय प्रमूख प्रविण कार्कीले निर्माण कम्पनीले हालसम्म सन्तोषजनक रुपमा काम गरिरहेको बताए ।

‘उहाँहरु अहिले फोरलेन सडक निर्माणमा सन्तोषजनक रुपमा काम गरिरहनु भएको छ ।’ उनले भने, ‘निर्माण सम्पन्न भएको खण्डमा प्रदेश अस्पताल जान, बांगेशिमल जान सहज हुनेछ ।’