काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

338
shares

ai logo सारांश

  • महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस
  • विशेष सजायअन्तर्गत भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा सरकारी सेवाका
  • विचौलिया इनम सापकोटासँगको नियमित सम्पर्क तथा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्बन्धबारे प्रश्न

काठमाडौं । सशस्त्र प्रहरी बलका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ। प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वका गतिविधिसम्बन्धी गोप्य सुरक्षा सूचना चुहाएको आरोपमा छानबिनमा परेका दाहालमाथि कारबाही गर्न सिफारिस गरिएको हो।

छानबिन समितिका संयोजक एआईजी अञ्जनीकुमार पोखरेलले बिहीबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएका छन्। प्रतिवेदनमा दाहालले आचरणविपरीत कार्य गरेको निष्कर्ष निकाल्दै सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कारबाही गर्न सिफारिस गरिएको छ।

नियमावलीको दफा ११० मा सामान्य र विशेष सजायको व्यवस्था छ। विशेष सजायअन्तर्गत भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्न सकिने प्रावधान छ। छानबिनका क्रममा दाहालको बयानसमेत लिइएको थियो। उनलाई विचौलिया इनम सापकोटासँगको नियमित सम्पर्क तथा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्बन्धबारे प्रश्न गरिएको थियो।

जवाफमा दाहालले सापकोटासँग पूर्वचिनजान रहेको र कुराकानी हुने गरेको स्वीकार गरेका छन्। तर, आफूले आचरणविपरीत कुनै कार्य नगरेको उनको जिकिर छ।