काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

क्षतिवर्षाले धानबालीमा

2.06K
shares

राँझा । बुधबार परेको वर्षाका कारण बाँकेमा धानबालीमा ठूलो क्षति पुगेको छ । धेरै ठाउँमा धानबाली ढलेर किसानलाई समस्या भएको छ ।

हावाहुरीसहितको वर्षाले पाकेको बीउ धानमा ठूलो क्षति पु¥याएको राप्ती सोनारीको साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीले बताए । उनका अनुसार किसानले १५० बिगाहमा रोपेको बीउ धानमा वर्षाले क्षति पु¥याएको छ । स्यहार्ने बेला वर्षाले क्षति पु¥याएपछि आगामी वर्षको लागि धानको बीउ अभाव हुने भएको छ ।

बीउ धान खेतीका लागि सहकारीले किसानलाई बीउ वितरण गर्दै आएको छ । किसानले बीउ धान उत्पादन गरेर सहकारीलाई बिक्री गर्ने गरेको व्यवस्थापक वलीले बताए । यो वर्ष पानी राम्रो परेका कारण धान राम्रो फले पनि स्यहार्ने बेला वर्षाले क्षति पु¥याएकोे उनको गुनासो छ ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले पाकेर थन्क्याउने बेलाको वर्षाले धानबालीमा ठूलोे क्षति पु¥याएको बताए । बाँकेका विभिन्न स्थानमा धानबालीमा वर्षाले क्षति पुगेकोे जानकारी आए पनि क्षतिको एकीन विवरण सङ्कलन भइनसकेको उहाँले जानकारी दिए। बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र का सूचना अधिकारी शर्माले बताए ।