काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

युवा नेता ढकालले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

455
shares

ai logo सारांश

  • - नेपाली काँग्रेसका युवा नेता भरतराज ढकालले पार्टीको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
  • - ढकालले पेशागत विज्ञको क्लस्टरतर्फबाट केन्द्रीय सदस्यमा मंगलबार उम्मेदवारी दिएका हुन् ।

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता भरतराज ढकालले पार्टीको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

युवा उद्यमी तथा सफल बैंकर्स ढकालले पेशागत विज्ञको क्लस्टरतर्फबाट केन्द्रीय सदस्यमा मंगलबार उम्मेदवारी दिएका हुन् ।

ढकाल लामो समयदेखि बालबालिका, वातावरण, सहकारी, बैंक तथा वित्तीय संस्था र कृषि क्षेत्रमा काम गर्दै आएका विज्ञको रूपमा परिचित रहेका छन् ।