काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

महामन्त्रीमा प्रदीप पौडेलले गराए उम्मेदवारी दर्ता

390
shares

ai logo सारांश

  • - नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुनः महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन्।
  • - कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार पौडेलले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
  • - खुलातर्फ महामन्त्री पदका लागि यसअघि डा. सुनिल शर्मा, नैनसिंह महर र शंकर तिवारीले उम्मेदवारी दर्ता गराइसकेका छन्।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुनः महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार पौडेलले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको संशोधित विधानअनुसार यसपटक दुई खुला र एक महिला गरी तीन महामन्त्री रहने व्यवस्था गरिएको छ।

खुलातर्फ महामन्त्री पदका लागि यसअघि डा. सुनिल शर्मा, नैनसिंह महर र शंकर तिवारीले उम्मेदवारी दर्ता गराइसकेका छन्।