गृहपृष्ठ सिद्धार्थ बैंक र दराजको ‘१०–१० दशैं धमाका’ अफर, कार्डबाट खरिदमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक र दराजको ‘१०–१० दशैं धमाका’ अफर, कार्डबाट खरिदमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक र दराजको ‘१०–१० दशैं धमाका’ अफर, कार्डबाट खरिदमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र दराजले दशैंको अवसरमा ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेका छन्। अफरअन्तर्गत सिद्धार्थ बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराज एपमार्फत सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

असोज १५ गतेदेखि २६ गतेसम्म (अक्टोबर १ देखि १२, २०२६) सञ्चालन हुने अफरमा सिद्धार्थ बैंकको भिसा डेबिट कार्डबाट भुक्तानी गर्ने ग्राहकले १० प्रतिशतसम्म, अधिकतम १ हजार रुपैयाँ छुट पाउनेछन्। यस्तै, भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म, अधिकतम १ हजार ५ सय रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन्।

छुट प्राप्त गर्न ग्राहकले दराज एपमा रहेको ‘१०–१० दशैं धमाका’ अभियानअन्तर्गत ‘Bank Voucher’ सेक्सनमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ। संकलित भाउचर ग्राहकको दराज प्रोफाइलमा रहेको ‘My Vouchers’ मा सुरक्षित हुनेछ।

त्यसपछि कम्तीमा १ हजार ९ सय ९९ रुपैयाँको खरिद गर्दा उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा सम्बन्धित कार्ड विकल्प रोजेर सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।

दशैंको समयमा अनलाइन किनमेललाई सहज, सुरक्षित र लाभदायी बनाउने उद्देश्यले ल्याइएको यो सहकार्यले डिजिटल भुक्तानीको प्रयोगलाई थप प्रोत्साहन गर्ने बैंकले जनाएको छ। साथै, दशैंको किनमेलमा ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्दै डिजिटल बैंकिङको प्रयोग विस्तारमा समेत अफरले योगदान पुर्‍याउने अपेक्षा बैंकको छ।

अफरसम्बन्धी थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने छ।

प्रकाशित समय : १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु