गृहपृष्ठ माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माछापुच्छ्रे’

माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माछापुच्छ्रे’

माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माछापुच्छ्रे’

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकलाई थप स्मार्ट, सहज र ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट सार्वजनिक गरेको छ।

बैंकको आधिकारिक वेबसाइटमा च्याटबोटको आइकन राखिएको छ। उक्त च्याटबोटमार्फत ग्राहकले बैंकिङ सेवासम्बन्धी आफ्ना जिज्ञासा च्याटमार्फत राखेर आवश्यक जानकारी लिन सक्नेछन्।

ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको च्याटबोट अन्तरक्रियात्मक डिजिटल प्लेटफर्मका रूपमा रहेको बैंकले जनाएको छ। नियमित बैंकिङसम्बन्धी जानकारीका लागि शाखामा पुग्नुपर्ने वा बैंक कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकतालाई कम गर्दै ग्राहकलाई आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले च्याटबोट सञ्चालनमा ल्याइएको हो।

बैंकका अनुसार च्याटबोटको सुरुवातले प्रविधिको प्रभावकारी प्रयोगमार्फत दक्ष तथा ग्राहकअनुकूल बैंकिङ अनुभव प्रदान गर्न सहयोग पुग्नेछ। यसले बैंकको स्मार्ट बैंकिङ सेवातर्फको यात्रालाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

ग्राहकका जिज्ञासालाई अझ सटीक, सान्दर्भिक र प्रभावकारी रूपमा सम्बोधन गर्न च्याटबोटको क्षमता तथा कार्यसम्पादनलाई निरन्तर सुधार गर्दै लैजाने बैंकले जनाएको छ। ग्राहकबाट प्राप्त सुझाव तथा प्रयोगबाट सिक्दै भविष्यमा यसको शुद्धता र उपयोगितालाई थप अभिवृद्धि गरिने बैंकले जनाएको छ।

प्रकाशित समय : १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु