गृहपृष्ठ विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरकोसहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त

विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरकोसहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त

विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरकोसहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकमा विपद् व्यवस्थापनमा नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रबाटविपद् व्यवस्थापन कार्यमा गरेको सहयोग र यस कार्यबाट प्राप्त उपलब्धीकोसह्राना गरिएकोप्रति चेम्बरले साधुवाद व्यक्त गरेको छ । नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्दै बैठकको अध्यक्षता गरेका गृहमन्त्री सुधन गुरु¨ले विपद्को समयमा महत्वपूर्ण योगदान पुर्याउने निजी क्षेत्रलाई नेपाल सरकारको तर्फबाट सम्मान गरिने जानकारी दिनुभएसँगै यसबाट निजी क्षेत्रले प्रोत्साहित भएको महशुस गरेको चेम्बरले जनाएको हो । निजी क्षेत्रको योगदानलाई लिएर राज्यको उच्च तहबाट यसरी सम्मान र कदर गरिने उल्लेख हुनुले सम्पूर्ण निजी क्षेत्रलाई उत्साहित बनाएको भन्दै सरकारको यस कदमको नेपाल चेम्बर अफ कमर्सले उच्च मूल्यांकन गरेको समेत उल्लेख गरिएकोे छ ।

भोटेकोशीमा आएको बाढी तथा त्यसपछिका मनसुनजन्य विपद्का क्रममा खोज, उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यलाई प्रभावकारी बनाउन गृह मन्त्री सुधन गुरु¨को सक्रियतासहित गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका पहल र समन्वयलाई नेपाल चेम्बर अफ कमर्सले सकारात्मक रूपमा लिएको जनाएको छ।
विशेषगरी विपद्को समयमा सरकारी संयन्त्रसँगै निजी क्षेत्रबाट उपलब्ध हुने स्रोत, साधन, राहत सामग्री, स्वास्थ्य सेवा, यातायात तथा अन्य सहयोगलाई आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पु¥याउन सरकारी निकायसँगको समन्वय महत्वपूर्ण रहदै आएको चेम्बरको भनाइ छ।

गृह मन्त्रालयले विपद् व्यवस्थापनलाई बहुक्षेत्रीय जिम्मेवारीका रूपमा अघि बढाउँदै संघ, प्रदेश तथा स्थानीय तहसँगै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाबीच समन्वयमा जोड दिँदै आएको पाईएको उल्लेख गर्दै मनसुनजन्य विपद्को पूर्वतयारी, सूचना तथा चेतावनी प्रणाली, खोज तथा उद्धार, राहत र पुनस्र्थापनाका लागि विभिन्न संयन्त्र परिचालन हुनु सकारात्मक रहेको चेम्बरले जनाएको छ।

नेपाल चेम्बर अफ कमर्सले विपद्को समयमा निजी क्षेत्रले सरकारलाई स्वतस्फूर्त रुपमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सरकारसँग सहकार्य तथा समन्वयलाई थप व्यवस्थित बनाउन प्रतिबद्ध रहेको जनाएको छ।
चेम्बरले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माण, प्रभावित व्यवसायको पुनःस्थापना, आपूर्ति शृङ्खला सुचारु गर्ने, आवश्यक वस्तुको सहज आपूर्ति तथा प्रभावित क्षेत्रको आर्थिक गतिविधि पुनः सञ्चालन गर्ने विषयलाई समेत प्राथमिकतामा राखिनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले प्रभावित क्षेत्रमा जारी खोज कार्यको समीक्षा गर्दै पुनःस्थापना तथा पुनरुत्थानका कामलाई समेत अघि बढाउने निर्णय गरेकोमा यसलाई स्वागत योग्य कदमका रुपमा उल्लेख गरेको छ ।

चेम्बरले विपद् व्यवस्थापनमा गृह मन्त्रालयले निजी क्षेत्रसँग नियमित संवाद र समन्वयका लागि स्पष्ट संयन्त्र विकास गर्नुपर्नेमा जोड दिएको छ। यस्तो संयन्त्रमार्फत निजी क्षेत्रसँग उपलब्ध स्रोत तथा क्षमताको पूर्वपहिचान गरी विपद्को समयमा आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने चेम्बरको विश्वास छ।

नेपाल चेम्बर अफ कमर्सले विपद् व्यवस्थापन राज्यको मात्र जिम्मेवारी नभई सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदायको साझा दायित्व भएको उल्लेख गर्दै प्रभावकारी समन्वय, पूर्वतयारी र शीघ्र निर्णय प्रक्रियामार्फत विपद्बबाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न सकिने जनाएको छ।

प्रकाशित समय : १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु